तिमीसँग भेट नभएको भए

नवीन प्यासी ००० तिमीसँग भेट नभएको भए उदास लाग्ने थिएनन् साँझहरू विफल हुने थिएनन् आत्महत्याका प्रयासहरू लेख्ने थिइनँ हाम्रो सम्बन्धको आयुभन्दा धेरै 'सुसाइड नोटहरू' आँसुले छातीमा हिर्काएर जाने थिएन शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन् झरीले रुझेको कागज जस्तो हुने थिएन ओंठ बेपत्ता हुने थिएनन् ओंठको कुनाबाट मुस्कानहरू तिमीसँग भेट नभएको भए बिथोल्ने थिएनन् विगतहरूले जन्मिने थिएनन् सपनाहरू भेट्दिनँ थिएँ तिम्रो हाँसोमा जीवनका बाँकी खुसीहरू तिम्रा आँखाबाट देख्दिनँ थिएँ हिँड्नुपर्ने बाँकी बाटाहरू तिमीसँग भेट नभएको भए अल्झन्न थिएँ म तिम्रो पैतालामा र पछ्याउँदिन थिएँ तिमीलाई सुदूर-सुदूरसम्म पुग्नका लागि तिम्रो गरम सासहरूले निथ्रुक्क भिज्ने थिइनँ म तिम्रा औँलाहरू मेरा कपालहरूमा दगुर्दैन थिए तिमीसँग भेट नभएको भए- एउटा यात्रा आफूखुसी हिँडिरहन्थ्यो एउटा मान्छे आफूखुसी बाँचिरहन्थ्यो तिमीसँग भेट नभएको भए छुटिने त्रासले निस्कदैनथे सुस्केराहरू कसैलाई गुमाउने भयले धड्किदैनथ्यो मुटु प्रेमको तापले यसरी पग्लिदैन थिएँ म फेरि यसो सोच्छु तिमीप्रतिको गुनासोहरूलाई परै राखेर...