Posts

तिमीसँग भेट नभएको भए

Image
नवीन प्यासी ००० तिमीसँग भेट नभएको भए उदास लाग्ने थिएनन् साँझहरू विफल हुने थिएनन् आत्महत्याका प्रयासहरू लेख्ने थिइनँ हाम्रो सम्बन्धको आयुभन्दा धेरै 'सुसाइड नोटहरू' आँसुले छातीमा हिर्काएर जाने थिएन शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन् झरीले रुझेको कागज जस्तो हुने थिएन ओंठ बेपत्ता हुने थिएनन् ओंठको कुनाबाट मुस्कानहरू तिमीसँग भेट नभएको भए बिथोल्ने थिएनन् विगतहरूले जन्मिने थिएनन् सपनाहरू भेट्दिनँ थिएँ तिम्रो हाँसोमा जीवनका बाँकी खुसीहरू तिम्रा आँखाबाट देख्दिनँ थिएँ हिँड्नुपर्ने बाँकी बाटाहरू तिमीसँग भेट नभएको भए अल्झन्न थिएँ म तिम्रो पैतालामा र पछ्याउँदिन थिएँ तिमीलाई सुदूर-सुदूरसम्म पुग्नका लागि तिम्रो गरम सासहरूले निथ्रुक्क भिज्ने थिइनँ म तिम्रा औँलाहरू मेरा कपालहरूमा दगुर्दैन थिए तिमीसँग भेट नभएको भए- एउटा यात्रा आफूखुसी हिँडिरहन्थ्यो एउटा मान्छे आफूखुसी बाँचिरहन्थ्यो तिमीसँग भेट नभएको भए छुटिने त्रासले निस्कदैनथे सुस्केराहरू कसैलाई गुमाउने भयले धड्किदैनथ्यो मुटु प्रेमको तापले यसरी पग्लिदैन थिएँ म फेरि यसो सोच्छु तिमीप्रतिको गुनासोहरूलाई परै राखेर...

मोहिनी

Image
नवीन प्यासी सेतो ग्लासको कालो कफीलाई अन्तिम चुन्बन दिँदै छुटिनेबेला भनेको थिएँ, 'मलाई तिम्रो कपाल रुझाएर खसेको पानी सबैभन्दा पवित्र लाग्छ ।' उसले खितखिताएकी थिइन्, 'त्यसोभए त्यो समय पर्खिएर बस्नू ! 'यदि त्यो समय आएन भने ?' 'सम्झिएर बस्नू !' यति ठूलो बिझाउने वाक्य  कति सजिलै भनेकी थिइन् ।  लगत्तै भनेको थिएँ, 'मलाई छुटिनै मन छैन ।' 'त्यसो भए नभेटेको भए भइहाल्थ्यो नि ! हरेक भेट नछुटिएसम्म पूर्ण हुन सक्दैन,' पत्थरमा काँचको गिलास ठोक्किएजस्तो आवाज थियो उसको । मानिस यति विघ्न निर्मम पनि हुँदा रहेछन्, यस्तै महसुस गरेथेँ । यसपछि हाम्रो पैताला क्याफे छिचोलेर गेटसम्म सँगै आइपुग्यो र छुट्यो ।  छुटिनेबेला भनेकी थिइन्, 'तिमीसँगको हर भेट यादगार बन्छ ।' 'कसरी र ?,' 'हर भेटमा तिमी मसँग पराजित हुन्छौ । थाहा छ तिमीलाई ? मान्छेले जित मात्र सम्झने गर्छन् ।' हो त नि ! हार त किन सम्झिनु र । हारेको मान्छेलाई किन सम्झिनु र । जित्ने भए ईतिहास लेखिजान्छ नि । खासमा ईतिहास पक्षपाती हुन्छ । अपूर्ण हुन्छ । आधा हुन्छ । जित्...

हत्या वा आत्महत्या !

Image
० नवीन प्यासी ००० 'मलाई बाँच्न देऊ प्लिज ।' लास थियो । लास बोल्यो । ऊ चकित पर्न बाहेक अर्थोक के गर्न सक्छ ! पैयुँ फुलिरहेको छ । जताततै पैँयु मात्र छन् । जापानिज नाम सापटी लिँदा चेरी ब्लुजम भनौं । तर, पैयुँ र चेरी ब्लुजमबीचको जैवीक निकटताबारे अनभीज्ञ छ ऊ । जान्न आवश्यक पनि छैन । कसैले उसलाई जान्नु भनेको पनि छैन । बरू पैयुँले भनिरहेछ, 'तेरो आँखाको क्षेत्रफल कति हो ए युवक !' यति धेरै पैयुँ फुलेको ठाउँमा ऊ पहिलोपटक आइपुगेको छ । कति हेर्न सक्छ, उतिसम्म पैयुँहरू छन् । धेरै पर आँखाले भ्याएसम्म । वसन्त मस्त वैंशमा छ भनिरहेछन् पैयुँहरू । यो वेला रोमान्टिक हुनुपर्ने हो । उसको साथमा प्रेमिका हुनुपर्ने । प्रेमिकाले पैयुँहरूलाई नेपथ्यमा राखेर सेल्फी लिइरहेको हुनुपर्ने । पैयुँका पातहरू प्रेमिका हिँड्दा छप छप बजिरहेको हुनुपर्ने । भँगेराहरू पैयुँका फूल र हाँगाहरूमा चिरबिर चिरबिर गरिरहेका छन् । तर, प्रेमिका १५ मिटर परबाट घिस्रिएर आएकी छिन् । उनको घिस्राइले पातहरू सोहरिर बाटो बनेको छ । प्रेमिकाको घाँटीमा टाइ छ, त्यो पनि बलियो गरि कसिएको । लुगाको नाममा त्यही टाइ हो । बाँ...

सफर

Image
० नवीन प्यासी ००० जसै जहाज मभित्र गएर ल्याण्ड भयो, ओहो ! कति सुन्दर र भयानक संसार । जहाजको झ्यालबाट हेर्दैमा मोहित भएँ । जहाजको स्टार्ट अफ गरेँ । जहाजबाट बाहिर निस्किएँ । एयरपोर्ट शान्त छ । न सेक्युरिटी गार्ड, न चेकिङ, न केही वा कोही । पूरै लक डाउन छ संसार । एयरपोर्टबाट बाहिर निस्किएँ । छेवैमा ठूलो वस्ती रहेछ । वस्तीको गेटमा पुगेँ । भित्र प्रवेश गर्न लाग्दा एउटा मानिस मेरो अघि उभियो । कोहो यो मान्छे ? मनमनै प्रश्न गरेँ । तर, उसलाई केही भनिनँ । हेरिरहेँ । ऊ आफैं बोल्यो, 'स्वागत छ मेरो वस्तीमा । म यहाँको मेयर हुँ । मेरो नाम दु:ख हो ।' दु:खले परिचय दिएपछि उसँगै वस्तीभित्र छिरेँ ।अलि पर पुगेपछि तीनजना मानिसले नमस्कार गरे । दु:खले भन्यो, 'ऊ भोक, ऊ अभाव, ऊ चाहिँ शोक । यिनीहरूले सदा सर्वदा तिम्रै साथमा रहने कसम खाएका छन् । आज चाहिँ तिमी यता आउँदैछौ भन्ने थाहा पाएर तिम्रो स्वागतका लागि अगाडि नै आइपुगेका हुन् ।' 'अनि मैले त यिनीहरूलाई कहिल्यै मेरो साथमा देखिनँ त ।' मैले भनिपठाएँ । 'अँ, तिमीले देख्नेगरी यिनीहरू कहिल्यै प्रकट हुँदैनन् । यिनीहरू स्वरूप...